एमालेको लुम्बिनी प्रदेश अधिवेशन नेपालगन्जमा

एमालेको लुम्बिनी प्रदेश अधिवेशन नेपालगन्जमा

नेकपा (एमाले) ले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी माघ ८ गते बाँकेको नेपालगन्जमा गर्ने तय गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको बैठकले प्रदेश अधिवेशनको मिति तोकेको हो ।

दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाले २८ पुसभित्र प्रतिनिधि चयन गर्नुपर्ने एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभएको छ ।

प्रदेश नेतृत्वका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउँदै दुईसय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, दलितका लागि एक सय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, हरेक तीन जना प्रतिनिधिमा एक जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपाङ्गता भएका, जिफन्टलगायतबाट पनि प्रतिनिधि हुने गरी मापदण्ड बनाइएको जानकारी दिइएको छ ।

टिप्पणीहरू