लागुऔषध बेच्ने एक पक्राउ

लागुऔषध बेच्ने एक पक्राउ

लागुऔषधको व्यापारमा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मिक्लाजुङ-६ का २६ वर्षीय बिक्रम लावती हुन । प्रहरीले विशेष सुचनाको आधारमा उनको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारेको हो । आज लागुऔषध ब्राउन सुगर फेला परेपछि उर्लावारी प्रहरीले लावतीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले कोठाबाट नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्वरको मोटरसाईकल १ थान, मोवायल १ थान, नगद ५ हजार २५ रुपैया पनि बरामद गरेको छ । उनीविरुद्ध थप अनुसन्धान भईरहको उर्लाबारी प्रहरीले जनाएके छ ।

टिप्पणीहरू