काशी सिँगार्ने महिलाको पाउमा मोदीको शीर

काशी सिँगार्ने महिलाको पाउमा मोदीको शीर

अहिले सामाजिक सञ्जालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटी साधारण महिलाको गोडामा ढोगेको तस्बिर भाइरल बनेको छ ।

तस्बिरमा मोदीले एक बालिकाको गोडा ढोगेको जस्तो देखिन्छ । तर ती बालिका नभएर ४२ वर्षीया महिला हुन् । जसको उचाई सामान्यभन्दा कम ३ फिट २ इञ्च मात्र छ ।

आरती डोगरा नामक ती महिला राजस्थान क्याडरकी एक आईएएस अधिकारी हुन् । उनले हालैका दिनमा काशी विश्वनाथ कोरिडोर निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकी छन् । भारतमा आइएएस भनेको सरकारी प्रशासन हो ।

भारतीय सेनाका कर्णेल पिताकी एक्ली सन्तान आरतीको जन्म सन् १९७९ जुलाईमा देहरादुनमा भएको थियो । जन्मलगत्तै चिकित्सकले उनी असामान्य रहेको र शारीरिक विकास शंकास्पद भएको बताएका थिए । तर उनी आफ्नो मानसिक विकासलाई निरन्तरता दिँदै नयाँ उचाइमा पुगिन् ।

सन् २००६ मा संघीय लोकसेवा आयोगबाट पहिलो प्रयासमा आईएएसमा छनोट भइन् । त्यसबेलादेखि अहिलेसम्म कर्तव्यप्रतिको लगन,सार्वजनिक जीवनप्रतिको समर्पण र गरिबको जीवनस्तर उकास्न धेरै प्रयास गरेर कीर्तिको ठूलो पर्यायवाची बनेकी छन् ।

टिप्पणीहरू