गैंडाको खागसहित ६ जना प्रहरीखोरमा

गैंडाको खागसहित ६ जना प्रहरीखोरमा

संरक्षित वन्यजन्तु गैंडाको खाग बिक्रीमा हिँडेका छ जनालाई प्रहरीले पक्रेको छ । १ किलो १० ग्राम तौल भएको खागसहित उनीहरु प्रहरीको निगरानीमा समातिएका हुन् ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको बेथान गाउँपालिका–४ बस्ने ४१ वर्षीय वीरमान तामाङ, पाँचखाल नगरपालिका–६ बस्ने ४२ वर्षीय वेदबहादुर दनुवार, पाँचखाल नगरपालिका–३ घर भई सोही नगरपालिका–४ बस्ने ३१ वर्षीय सोहन कार्की, पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुलीका ४१ वर्षीय भीमबहुर थिङ, भक्तपुरको तेजविनायक, गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका–५ का ३२ वर्षीय भीम तामाङ हुन् ।

गैंडाको खाग बिक्री वितरण गर्ने क्रममा उनीहरुलाई काठमाडौंको बौद्धबाट पक्रिएको हो । प्रहरीले थप अनुसन्धानका लागि आज डिभिजन वन कार्यालय, हात्तीसारमा पठाएको छ ।

टिप्पणीहरू