धुर्मुस–सुन्तलीले रंगशालाबाट हात झिके

धुर्मुस–सुन्तलीले रंगशालाबाट हात झिके

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माणाधीन गौतमबुध्द अन्तर्राष्ट्रिय किक्रेट रंगशालाबाट हात झिकेको छ । आर्थिक अभाव देखाउँदै फाउण्डेशन रंगशाला निर्माणबाट पछि हटेको हो ।

आफूले हात झिकेपछि फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व लिन अनुरोध गरेको छ । उनीहरुले कोभिडको कारण देखाउँदै रंगशाला बनाउन कठिनाइ भएको उल्लेख गरेर महानगरलाई रंगशालाको स्वामित्व हस्तान्तरण गर्न खोजेका हुन् ।

यसअघि फाउण्डेशन र महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नम्बर ८ मा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्न सकिने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने लेखिएको छ ।

तर,कोभिडको चपेटामा परेको फाउण्डेशनलाई महानगरले काम अघि बढाउन वा सम्झौताअनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो ।

२०७५ सालदेखि निर्माण थालिएको रंगशाला अझै पनि बनिसकेको छैन । महानगरपालिकाले उपलब्ध गराएको २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन शुरु गरिएको छ । उक्त रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलसमेत खेल्न सकिने भनिएको छ ।

टिप्पणीहरू