युएईमा चलचित्रमाथि सेन्सरसिप नहुने

युएईमा चलचित्रमाथि सेन्सरसिप नहुने

संयुक्त अरब इमिरेट्स (युएई) ले अब सिनेमा घरहरुमा रिलिज हुने चलचित्रलाई सेन्सर नगर्ने भएको छ ।

चलचित्रलाई सेन्सर नगर्नेबारे त्यहाँको मिडिया नियामक निकायले हिजो यस्तो घोषणा गरेको हो । ‘चलचित्रलाई उनीहरुको अन्तर्राष्ट्रिय संस्करणअनुसार नै सिनेमाघरमा प्रदर्शन गरिनेछ,’ सरकारी निकायले भनेको छ ।

परम्परागत इस्लामिक संवेदनालाई ठेस पुर्याउन सक्ने संवेदनशील दृश्यहरू हटाइनुको सट्टा सरकारले २१ वर्षभन्दा माथिका दर्शकहरूले मात्र सेन्सर नगरेका चलचित्र हेर्न मिल्ने निर्णय गरेको हो ।

टिप्पणीहरू