कोरोनाबाट आज एक जना बिते, २ सय जना संक्रमित

कोरोनाबाट आज एक जना बिते, २ सय जना संक्रमित

कोरोना संक्रमणबाट आज एक जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा कोराना संक्रमणबाट एक जनाको मृत्यु र दुई सयबढी संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार उक्त अवधिमा दुई सय २० जना संक्रमित थपिएका छन् । चार हजार एक सय ४१ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

गत २४ घण्टामा दुई सय ६३ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै पाँच हजार दुई सय २५ जना सक्रिय संक्रमित छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७४ पुगेको छ । पछिल्लो आँकडाअनुसार काठमाडौंमा आठ सय १२ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८८ र ललितपुरमा पाँच सय ९६ जना संक्रमित छन् ।

टिप्पणीहरू