प्रवक्ताको जिम्मेवारीबाट महामन्त्री बनेका शर्मा आजबाट अलग

प्रवक्ताको जिम्मेवारीबाट महामन्त्री बनेका शर्मा आजबाट अलग

नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी पाएका विश्वप्रकाश शर्मा आजबाट उक्त जिम्मेवारीबाट अलग्गिएका छन् ।

१४ औं महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित शर्माले अबका केही दिनमा पार्टी सभापति शेरबहादुर देउवाले नयाँ प्रवक्ताको घोषणा गर्ने जानकारी दिनुभएको छ ।

उनले आज जनआस्थासँग कुराकानी गर्दै प्रवक्ता चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्षको रहने र नयाँ प्रवक्ता नआउञ्जेल सामान्य सूचना र जानकारी आफैँले पनि दिने उल्लेख गर्नुभयो ।

टिप्पणीहरू