भारतमा स्वीमिङ पुल बन्द भएपछि बलिउड अभिनेता दुबई बसाईं सरे

भारतमा स्वीमिङ पुल बन्द भएपछि बलिउड अभिनेता दुबई बसाईं सरे

बलिउड अभिनेता आर माधवन र उनकी श्रीमती सरिता दुबई बसाईं सरेका छन् ।

छोरा वेदान्तलाई ओलम्पिकको तयारी गर्न सहज वातावरण बनाउन आफूहरु दुबई सरेको माधवनले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।

कोभिड महामारीको त्रासका कारण भारतमा ठूला स्विमिङ पुलहरू बन्द भएपछि प्रशिक्षणको लागि छोराले असुविधा भोग्न परेको उनको भनाइ छ । स्वीमिङ पुलको अभावमा नियमित प्राक्टिस गर्न बाधा पुगेकाले अभिभावकले केही वर्षलाई उतै सर्ने निर्णय गरेका हुन् ।

‘वेदान्तको २०२६ ओलम्पिकको तयारीमा बाधा नपुगोस् भनेर यो कदम चालिकएको हो,’ माधवनले बताए ।

टिप्पणीहरू