क्रिसमससँगै ओमिक्रोन फैलिने त्रास, युरोपमा लकडाउन र कडा प्रतिबन्ध

क्रिसमससँगै ओमिक्रोन फैलिने त्रास, युरोपमा लकडाउन र कडा प्रतिबन्ध

कोभिड महामारीको नयाँ भेरिएन्ट क्रिसमसको समयमा अझै फैलिन सक्ने भन्दै विज्ञहरुले सावधानी अपनाउन सुझाएका छन् ।

क्रिसमसमा हुने भीडभाड र यात्राले कोभिडविरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाईसमेत संक्रमण फैलिन सक्नेतर्फ विज्ञहरुले औंल्याएका छन् ।

ओमिक्रोन असाधारण रुपमा फैलिएकाले क्रिसमसमा अनावश्यक भीड नगर्न तथा लामो यात्राको योजनालाई स्थगन गर्न अमेरिकाका संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सुझाएका हुन् ।

कोभिडको नयाँ उत्परिवर्तित स्वरूप फैलन नदिन युरोपेली मुलुकहरुले लकडाउनलगायत विभिन्न प्रतिबन्ध लागु गरिसकेका छन् ।

नेदरल्यान्ड्सले क्रिसमसको पूर्वसन्ध्यामा लकडाउन घोषणा गरेको छ भने फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएका छन् । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको हो ।

यसैबीच युरोपेली युनियनका प्रमुख युर्सुला लेयनले मध्यजनवरीमा ओमिक्रोन भेरिएन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने कडा चेतावनी दिएका छन् ।

टिप्पणीहरू