ट्रिपरको ठक्करबाट माओवादी नेता ठहरै

ट्रिपरको ठक्करबाट माओवादी नेता ठहरै

ट्रिपरको ठक्करबाट रौतहटमा स्थानीय माओवादी नेताको निधन भएको छ । मोटरसाइकल चलाइरहेको बखत हिजो राति ट्रिपरले ठक्करबाट खेदु चौधरीको मृत्यु भएको हो ।

रौतहटको फतुवा विजयपुर ११ हिमालीबासमा ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति साढे ८ बजे बा.३० प ८११५ नम्बरको मोटरसाइकललाई तीब्र गतिमा रहेको गुगल निर्माण सेवाको ना. ८ ख ४२०२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । घटनालगतै आक्रोशित स्थानीयले निर्माण सेवाको दुई वटा ट्रिपरमा तोडफोड गरेका थिए ।

ट्रिपर चालक फरार रहेको आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू