भजन गाउने ठाउँमा सँधै नाराबाजी

भजन गाउने ठाउँमा सँधै नाराबाजी

पशुपति क्षेत्रमा पछिल्लो केही समयदेखि सँधै धर्ना र नाराबाजी भएको छ । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन ‘नेकपा एस) का अध्यक्ष प्रेमबहादुर कार्कीको नेतृत्वमा पशुपति क्षेत्र विकास कोषमा कर्मचारीको पुनः नियुक्तिको माग गर्दै धर्ना र नाराबाजी भएको हो ।

हिजो अस्ति झैँ आज पनि अध्यक्ष प्रेमबहादुर कार्कीको नेतृत्वमा बिहानैदेखि गौशालास्थित कोषको कार्यालयमा धर्ना गरिएको हो ।

कोष बाहिर भेला भएका पहिलेका कारार कर्मचारीहरुले टाउकोमा कालोपट्टी बाँधेर पुनः नियुक्तिको माग गर्दै दबाब दिएका हुन् । धर्नामा उपस्थित झण्डै डेढ दर्जन प्रदर्शनकारीले कालो झण्डा समेत देखाएका छन् ।

उनीहरुले आफूहरुको माग तत्काल पूरा हुनुपर्ने, पुनः करारमा भर्ना गर्नुपर्ने भन्दै नारा लगाएका हुन् ।

टिप्पणीहरू