ट्युसन पढ्न हिँडेका विद्यार्थीको बाटैमा मृत्यु

ट्युसन पढ्न हिँडेका विद्यार्थीको बाटैमा मृत्यु

सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक किशोरको ज्यान गएको छ ।
पूर्व पश्चिम लोककमार्गस्थित लालबन्दी नगरपालिका–९, मा ना.३ ख ७९९० नम्बरको ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका–१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवको ज्यान गएको हो ।
ट्युसन पढ्न हिँडेका उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो ।
यादव लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।
घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले केहीबेर पूर्वपश्चिम लोकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । केही बेरपछि सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएको प्रहरीले जनाएको छ ।
यादवको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनामा संलग्न सवारीसाधन र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू