दक्षिणकालीमा झोलाभरि ड्रग

दक्षिणकालीमा झोलाभरि ड्रग

वीरगञ्जबाट काठमाडौं आउँदै गरेका एक जना यात्रुको झोलाभरि लागुऔषध फेला परेको छ । हिजो साँझ दक्षिणकालीमा वीरगञ्जबाट आउँदै गरेको ना.१ ज ६६०६ नम्बरको भाडाको टाटा सुमोमा यात्रारत यात्रु एक झोला लागुपदार्थ सहित फेला परेका हुन् ।

फर्पिङमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले वीरगञ्जको भिस्वा बस्ने १९ वर्षका अर्जुनकुमार साहलाई लागुपदार्थसहित पक्राउ गरेको हो । उनले झोलाभित्र पत्रिका र पानी टेपले बेरर लागुऔषध ओसारेका थिए ।

उनको साथबाट डाईजेपाम ४ सय ७५ थान, फेनारगन ४ सय ९९ थान, नुफिन ४ सय ९३ थान बरामद भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू