बालकोटमा महिलाले फालिन् ज्यान

बालकोटमा महिलाले फालिन् ज्यान

भक्तपुरको सूर्यविनायक नगरपालिका २,बालकोटमा एउटी महिलाले हिजो साँझ विष सेवन गरेर आत्महत्या गरेकी छन् । साँझ स्थानीय २९ वर्षकी गीता सापकोटाले आत्महत्या गरेकी हुन् ।

उनले आफ्नै घरको शौचालयभित्र पसेर विषादी सेवन गरेकी थिइन् । महिलाले विष सेवन गरेको खबर पाएपछि प्रहरी टोलीले उनलाई उपचारार्थ पाटन अस्पताल लगेको थियो । तर, अस्पताल पुर्याउने बित्तिक्कै उनको ज्यान गएको हो ।

टिप्पणीहरू