हैदरावादमा समलिंगी बिहे गर्न थालियो

हैदरावादमा समलिंगी बिहे गर्न थालियो

भारतको हैदरावादमा एक जोडी पुरुष समलिंगीले विवाह गरेका छन् । तेलंगना राज्यमा औपचारिक रुपमा पहिलो पुरुष समलिंगी जोडीको विवाह सुप्रियो चक्रवर्ती र अभय डाँगबीच भएको हो ।

उनीहरुबीच झण्डै एक दशक लामो प्रेम सम्बन्धपछि विवाह भएको बताइएको छ । विवाहपछि चक्रवर्तीले भनेका छन्, ‘खुशी हुनको लागि अरु कसैको अनुमतिको आवश्यकता नै पर्दैन ।’

उक्त विवाहलाई सरकारी अभिलेखमा दर्ता गरिसकिएको छैन । तर, विवाहमा दुबै पक्षका परिवारको उपस्थिति भने थियो । सुप्रियो ३१ र अभय ३४ वर्ष उमेरका हुन् । उनीहरुले स्थानीय एउटा रिसोर्टमा भएको विवाहमा एक अर्कालाई औंठी लगाइदिएका थिए ।

उनीहरुबीच विवाहको लमी अर्की समलिंगी सोफिया डेभिड रहेको पनि प्राप्त समाचारमा उल्लेख छ ।

टिप्पणीहरू