भारतमा फेरि राजधानीको लफडा

भारतमा फेरि राजधानीको लफडा

भारतको आन्ध्र प्रदेशमा फेरि राजधानीको विषय पेचिलो बन्दै गएको छ । नेताहरुले आफ्नो गृह जिल्ला वा पायक क्षेत्रमा राजधानी सार्नुपर्ने माग राखेपछि आन्दोलन हुन थालेको छ । धार्मिक विषयले निकै महत्व राख्ने गरेको उक्त प्रदेशमा एकथरि नेताहरुले महापदयात्रा नै शुरु गरेका छन् । त्यसको लागि न्यायास्थानमको रुपमा परिचित तुल्लुरुदेखि देवस्थानम भनेर चिनिएको तिरुपतिसम्म महापदयात्रा गरेका हुन् ।

सरकारले भने तीन वटा सहरलाई छुट्टाछुट्टै हिसाबले राजधानी तोक्ने प्रस्ताव गरेको छ । जसमा अमरावतीलाई व्यवस्थापकीय राजधानी, विकाशापटनमलाई कार्यकारी राजधानी र कुर्नोललाई न्यायिक राजधानी बनाउने भनिएको छ । तर, तीनतिर तीन वटा राजधानी बनाउने प्रस्तावको बिरोध गर्दै अहिले आन्ध्र प्रदेशमा आन्दोलन चर्केको छ ।

टिप्पणीहरू