सर्वदलीय बैठक शुरु, को-को गए ?

सर्वदलीय बैठक शुरु, को-को गए ?

सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ ।

संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने सहभागी छैन ।

बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता रहेको छ ।

त्यसअघि सत्ता गठबन्धनको छुट्टै बैठक बालुवाटारमै बसेको थियो ।

टिप्पणीहरू