लेखनाथ महोत्सव गर्दै पोखरा

लेखनाथ महोत्सव गर्दै पोखरा

पोखरामा लेखनाथ महोत्सव ओयाजना गरिने भएको छ । लेखनाथ उधोग वाणिज्य संघको आयोजनामा माघ १३ देखि २४ गतेसम्म १७ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागिएको हो ।

महोत्सब पोखरा महानगरपालिका-२७ डाँडाकोनाक, तालचोकमा हुने बताइएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवले कोभिडका कारण विगत दुई वर्षदेखि थलिएको औधोगिक क्षेत्र र अर्थतन्त्रलाई पुनः चलायमान बनाउने विश्वास आयोजकको छ ।

महोत्सवमा करिब तीन सय स्टल हुनेछन् भने दश करोडको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा राखेको छ । आयोजकका अनुसार सर्वसाधारणहरुले यही पुस ११ गतेदेखि स्टल बुकिङ गर्न सक्नेछन् ।

लोप हुने लागेका संस्कृतिलाई महोत्सवमा विशेष प्राथमिकता दिइनेछ । सबै जातजातिका नृत्य प्रर्दशन, लोक दोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट महोत्सवमा समावेश गरिने छ ।

टिप्पणीहरू