पूर्वराजाकै कारण राजसंस्था फर्काउन कठिन बनेको कमल थापाको दाबी

पूर्वराजाकै कारण राजसंस्था फर्काउन कठिन बनेको कमल थापाको दाबी

पूर्वपन्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किन नसक्ने बताएका छन् । राप्रपाको महाधिवेशनमा पूर्वराजाको भूमिकालाई लिएर प्रश्न उठाइरहेका थापाले राजसंस्था फर्काउन जनताको विश्वास जित्नुपर्ने पनि बताए ।

आम जनताको विश्वास नै राजसंस्था पुनःस्थापनाको एकमात्र बाटो भएको बताउनुभएको उनको भनाइ छ । सामाजिक सञ्जालमा आज एक ट्वीट गर्दै थापाले भनेका छन्, ‘बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत हो ।’

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले निर्मल निवासप्रति आक्रोश व्यक्त गर्दै आएका छन् । आफूलाई पार्टी अध्यक्षमा पराजित गर्न निर्मल निवासले भूमिका खेलेको उनको आरोप छ ।

टिप्पणीहरू