रन फर प्रोटिन थिम सम्पन्न

रन फर प्रोटिन थिम सम्पन्न

प्रोटिनको महत्व उजागर गर्ने उद्धेश्यले आयोजना गरिएको ‘रन फर प्रोटिन थिम’ नामक हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भेटेनरी एशोसिएशनले आयोजना गरेको दुई दिने प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रोटिनको महत्व र प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन खेलको आयोजना गरिएको आयोजकले बताएको छ । आयोजकका अनुसार त्यसबाहेक अन्य विभिन्न ७ विधाका दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शनिबार दशरथ रंगशालामा प्रतियोगिताको शुभारम्भ गरेका थिए । आज पुरस्कार तथा प्रमाणपत्र वितरण भने उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सबै विधामा गरि दौडमा जम्मा दुई हजार एक सय प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

टिप्पणीहरू