बुस्टर डोज लगाएकाहरु संक्रमणबाट सुरक्षित

बुस्टर डोज लगाएकाहरु संक्रमणबाट सुरक्षित

बेलायतका अनुसन्धानकर्ताहरूले कोभिडविरुद्ध खोपको बुस्टर डोज लगाएकाहरू ओमिक्रोन भेरिएन्टको संक्रमणबाट ८५ प्रतिशत सुरक्षित रहेको दाबी गरेका छन् ।

कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनमा खोपको प्रभावबारेको अध्ययनमा त्यस्तो नतिजा आएको वैज्ञानिकहरूले बताएका छन् । खोपको बुस्टर डोज लगाएकाहरु ओमिक्रोन भेरिएन्टका कारण अस्पताल भर्ना हुनुनपर्ने नतिजाले देखाएको छ । लन्डनस्थित इम्पेरियल कलेजले उक्त अध्ययन गरेको हो ।

ओमिक्रोन भेरिएन्ट हाल विश्वभर तीव्र रूपमा फैलिइरहेको छ । पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरिएन्ट हाल विश्वका करिब ८० देशमा देखिइसकेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले यो भेरिएन्टलाई जोखिमपूर्ण सूचीमा राख्दै थप सतर्कता अपनाउन आग्रह गरिरहेको छ । ओमिक्रोन कोभिड–१९ को हालसम्मकै उच्च रूपमा उत्परिवर्तित भेरिएन्ट भएको वैज्ञानिकहरूले बताएका छन् ।

टिप्पणीहरू