कर्णालीको राजधानीमा दुर्लभ काँडे भ्याकुर

कर्णालीको राजधानीमा दुर्लभ काँडे भ्याकुर

हिजोआज सुर्खेत वरिपरिका पहाडहरुमा विश्वमै दुर्लभ मानिएको चरा काँडे भ्याकुरका बथान देखिन थालेका छन् । विशेष गरेर इत्राम, चनौटे,निमारे,जर्बुटा,साटाखानी, झुप्रा खोलाका जंगलमा त्यस्ता चराको हुल देख्न सकिन्छ ।

दुर्लभ यो चराको बारेमा सम्बन्धित निकायले स्थानीय तह र स्थानीयबासीलाई जानकारी गराउनु अत्यावश्यक रहेको बताइन्छ । अज्ञानतामा यसलाई शिकार हुनबाट बचाउनु निकै जरुरी देखिएको चराविज्ञहरु बताउँछन् ।

काँडे भ्याकुरलाई अंग्रेजीमा (क्उष्लथ द्यबदभिच) भनिन्छ । यसको वैज्ञानिक नाम (त्गचमयष्मभक ल्ष्उबभिलकष्क) हो । यो नेपालमा मात्र पाइने पंक्षी हो । विश्वमा अन्त कतै नपाइने काँडे भ्याकुर नेपालमा मात्र पाइने दुर्लभ चरा हो । काँडे भ्याकुर विशेष गरी काठमाडौं उपत्यका वरपरका गोदावरी,फूलचोकी र धादिङको उत्तरी भेगमा पाइन्छ । यदाकदा चितवनमा पनि पाइएको रेकर्ड छ ।

काँडे भ्याकुर समुद्र सतहबाट १२ सय मीटरभन्दा माथि रहेका पश्चिम नेपालको डोटी र राराताल वरपर पनि न्यून संख्यामा पाइने गरेको छ । यसले एक पटकमा २ वटा मात्र अण्डा कोरल्छ । समूहमा बस्न रुचाउँछ । ढुकुरभन्दा केही सानो र खरानी रङको हुन्छ । यसको शरीरमा काँडा जस्तो धर्का हुने भएकाले यसलाई काँडे भ्याकुर भनिएको हो ।औसतमा यो चरा २६ सेन्टिमिटर लामो हुन्छ । यसले ओसिलो क्षेत्रमा आफ्नो आहारा खोज्छ । लजालु स्वभावको यसलाई सजिलै फेला पार्न भने सकिँदैन । सन् २००२ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (क्ष्ग्ऋल्) ले अति लोपोन्मुख पंक्षीका रुपमा काँडे भ्याकुरलाई सूचीकृत गरेको छ । पछिल्लो एक शताव्दीसम्म यसलाई लोप भएको मानिएको थियो ।

स्थानीय भाषामा काँडे भ्याकुरको शाब्दिक अर्थ ‘काँडादार चरा’ भनेर भन्न खोजिएको हो । यसलाई सर्वप्रथम १९ औं शताब्दीको मध्यतिर ब्रायन हाउटन हड्सनले वैज्ञानिक रूपमा वर्णन गरेका थिए ।
यो चरा घना झाडीमा बस्छ भने झाडीमा रहेका बुट्यानका हाँगाहरू र स–साना रूखमा समेत पाउन सकिन्छ । कृषि र शहरी क्षेत्रको बिस्तारका कारण यो चराको वासस्थान उच्चखतरामा रहेको छ ।

काँडे भ्याकुरजस्ता थुप्रै लोपोन्मुख, दुर्लभ पंक्षी संरक्षणमा ध्यान दिने हो भने पनि नेपाल पंक्षी पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ । विगतमा यो चरा हेर्नको लागि मात्र पनि विदेशी चराप्रेमीहरु नेपाल आएको रेकर्ड छ । संसारका चराप्रेमीलाई काँडे भ्याकुर हेर्न नेपाल नै आउनुपर्ने बाध्यता भने छ । किनभने, यो पंक्षी अहिलेसम्म नेपालबाहेक अन्य देशमा देखिएको छैन ।

काँडे भ्याकुर विश्वकै निम्ति नौलो पंक्षी भएको पत्ता लगाउने श्रेय ब्रायन हड्सनलाई जान्छ । हड्सनले सन् १८३० मा यो पंक्षी काठमाडौं उपत्यकामा फेला पारेका थिए । हड्सनले १८३६ मा प्रकाशित आफ्नो लेखमा यो पंक्षीको नाम टिमालिया निपालेन्सिस् राखेका थिए । उनी त्यतिबेला कलकत्तास्थित एउटा जन्तु संग्रहालयका क्युरेटर थिए ।

लोपोन्मुख काँडे भ्याकुर बर्खायाममा १५ सयदेखि २१ सय ३५ मिटर र हिउँदमा ५ सयदेखि १८ सय ३० मिटरको उचाइसम्म पाइन्छ । सामान्यतः यो चरा बाक्लो झाडी तर खेतीपाती लगाइएको ठाउँभन्दा अलि टाढै बस्न रुचाउँछ । काँडे भ्याकुर पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको बैतडीसम्म नै पाइएको छ ।

तर, नेपालभरि यो पंक्षी कत्तिको संख्या छ भन्ने विस्तृत अध्ययन गरिएको छैन । धेरै पहिले काठमाण्डौं उपत्यकामा यो चरा प्रशस्त पाइन्थ्यो तर, बढ्दो शहरीकरणले अहिले देख्नै हम्मेहम्मे पर्न थालेको छ । नेपालमा मात्र पाइने काँडे भ्याकुरलाई जोगाउन सरकारले बेलैमा दीर्घकालीन अवधारणा ल्याउनुपर्ने आवश्यकता भने टड्कारो देखिएको छ ।

टिप्पणीहरू