दाइले चिर्पट हान्दा भाइको गयो ज्यान

दाइले चिर्पट हान्दा भाइको गयो ज्यान

मकवानपुरको मनहरी गाउँपालिका ६, लोथरमा दाइले हानेको चिर्पटका कारण भाइको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेपछि भएको झगडामा बटाई भनिने ३२ वर्षीय समिर परियारले आफ्नै भाइ लहरी भनिने कुमारलाई कुटपिट गरेका हुन् । कुटपिटका क्रममा काठको चिर्पट समेत प्रयोग भएको थियो ।

अस्ति भएको घटनामा गम्भीर घाइते भएका भाइ कुमारलाई उपचारका लागि चितवनस्थित अस्पताल लगिएकामा अस्पतालले उपचार हुन नसक्ने बताएपछि आज घर पठाएको बताइन्छ ।

घर फर्कने क्रममा बाटैमा कुमारको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । घटनामा संलग्न बटाइ भनिने समिरलाई प्रहरीले पक्रेर आवश्यक अनुसन्धान जारी राखेको छ ।

टिप्पणीहरू