काँग्रेसको पछिल्लो मतगणनामा कसको कति ?

काँग्रेसको पछिल्लो मतगणनामा कसको कति ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस मुख्यालय सानेपामा आज बिहानदेखि भएका खुला केन्द्रीय सदस्यको मतगणना अहिले पनि भइरहेको छ ।

खुलातर्फ निर्वाचित हुने ३५ जना केन्द्रीय सदस्यको निम्ति भएको निर्वाचनमा ९९ जना उम्मेदवार छन् । अहिले साँझ साढे ८ बजेसम्म झण्डै १६ सय मत गनि सकिएको छ ।

पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री शशांक कोइरालाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । १५ सय ८९ मत गन्दा उनले १३ सय १३ मत प्राप्त गरेका छन् । एनपी साउद १ हजार २२ र रमेश लेखक ९ सय ६९ मतका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

केन्द्रीय सदस्यको खुल्लाको मतगणनामा अधिकांश पुराना नेता तथा पूर्वमन्त्रीहरु अगाडी नै देखिएका छन् ।

टिप्पणीहरू