भुटानको सर्वोच्च अलंकार भारतीय प्रधानमन्त्रीलाई

भुटानको सर्वोच्च अलंकार भारतीय प्रधानमन्त्रीलाई

भुटानले आफ्नो सर्वोच्च नागरिक पदक (अलंकार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिने भएको छ । भुटानको राष्ट्रिय दिवसको अवसरमा उक्त घोषणा गरिएको हो ।

भुटानको सबैभन्दा उच्च अलंकार ‘गादाक पेल गी खोर्लो’ भारतीय प्रधानमन्त्रीलाई दिने घोषणा गरिएको हो । उक्त पदक अंग्रेजीमा द अर्डर अफ द ड्रुक ग्याल्पो नामले परिचित छ ।

भुटानले हिजो आफ्नो राष्ट्रिय दिवस मनाएको थियो । त्यहाँको पछिल्लो वाङचुक राजवंशको प्रारम्भपछि सन् १९०७ देखि हरेक वर्ष डिसेम्बर १७ तारिखका दिन राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

टिप्पणीहरू