भारतमा बलिउडकोभन्दा हलिउडको कमाई बढी

पछिल्लो समय भारतमा बलिउडका फिल्मभन्दा हलिउडका फिल्मले धेरै कमाउन थालेका छन् । हालै रिलिज भएको टम हल्याण्डको स्पाइडर म्यानः नो वे होमले भारतमा रिलिज भएको पहिलो दिन नै ३२ करोड ६७ लाख रुपैयाँ कमाएको छ । यो वर्ष भारतमा रिलिज भएका अन्य भारतीय चलचित्रभन्दा उक्त चलचित्रले पहिलो दिन सबैभन्दा धेरै कमाएको हो ।

यसअघि भारतीय चलचित्र सूर्यवंशीले रिलिज भएको दिन २६ करोड २९ लाख रुपैयाँ मात्र संकलन गरेको थियो ।

टिप्पणीहरू