राजधानीमा ट्याक्सीभित्रै छुरा प्रहार

राजधानीमा ट्याक्सीभित्रै छुरा प्रहार

राजधानीमा धेरै समयपछि ट्याक्सीभित्रै छुरा प्रहार भएको छ । यात्रु बनेर चढेका व्यक्तिले छुरा प्रहार गरेपछि चालकदेखि सबै भयभित बनेका छन् ।

यस्तो घटना हिजो साँझ काठमाडौंको छाउनीमा भएको हो । छुरा प्रहारबाट सिकिस्त बनेका चालकलाई स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालले सिफारिश गरेपछि राति नै वीर अस्पतालको ट्रमा सेन्टरमा लगिएको हो ।

काभेपलाञ्चोकको रोशी गाउँपालिका घर भई छाउनी क्षेत्रमा बस्ने ३८ वर्षीय कृष्णबहादुर लामाको अहिले पनि उपचार भइरहेको छ । उनले चलाएको बा. १ ज १४४६ नम्बरको ट्याक्सीमा चढेका बारा, कलैयाका १९ वर्षीय विकास सरावले लामामाथि एक्कासी छुरा प्रहार भएको थियो ।

आक्रमणको कारण खुल्न सकेको छैन । तर आरोपी सरावलाई चक्कुसहित प्रहरीले हिजो साँझै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू