भुवन दाहालले ओगटेको कुर्सीमा निश्चल

भुवन दाहालले ओगटेको कुर्सीमा निश्चल

सानिमा बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डेलाई सिफारिस गरिएको छ । अहिलेको सीईओ भुवन दाहालको आगामी माघ ११ गते म्याद सकिँदैछ । सो अगावै बैंक सञ्चालक समितिले पाण्डेलाई अघि सारेको हो ।

सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । पाण्डे सोही बैंकमा आठ वर्षदेखि कार्यरत छन् । उनी यसअघि दाहालजस्तै नबिल बैंकमा थिए ।

उनले सानिमाको बैंकिङ अपरेशन, सेल्स र रिस्कसम्बन्धी विभागमा काम गरेको स्रोतले बताएको छ । तर,अन्य कर्मचारी जतिसुकै काबिल भए पनि दाहालले अरुको विध्दतालाई अघि नसारेका कारण पाण्डेलगायत धेरै जना कर्मचारीले आफ्नो क्षमता देखाउन नपाएको स्रोतको दाबी छ । किनभने यसबीचमा नेपाल राष्ट्र बैंकले सानिमामा सबैभन्दा धेरै अपरेशनल रिस्क र संस्थागत सुशासनसम्बन्धी कैफियत उल्लेख गर्दै आएको छ ।

टिप्पणीहरू