झापामा ज्यानमारेको अभियोगमा एक जना पक्राउ

झापामा ज्यानमारेको अभियोगमा एक जना पक्राउ

ज्यान मारेको अभियोगमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बु हुन् । उनले धारिलो हरियार प्रयोग गरी दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीको हत्या गरेको प्रहरीको दाबी छ ।

पराजुलीलाई मंसिर २९ गते धारामा पानी लिन गएको मौका छोपेर धारिलो हतियार प्रयोग गरिएको थियो । तत्काल रक्ताम्य भई घाइते अवस्थामा भेटिएका पराजुलीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ज्यान गएको हो ।

मारिएका पराजुली दमक नगरपालिका–६ को रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आइरहेका थिए । रिसइबीका कारण पराजुलीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । अभियुक्तले प्रहरीसमक्ष साबिति बयान दिएका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरुसमेत बरामद गरेको छ । अभियुक्त लिम्बुविरुद्ध थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू