हत्यामा दोषी पत्रकार भन्छिन् ‘मेरी छोरी जिउँदै छे’

हत्यामा दोषी पत्रकार भन्छिन् ‘मेरी छोरी जिउँदै छे’

सन् २०१२ मा आफ्नी छोरी सीना बोराको हत्या गरेको आरोप लागेकी भारतकी पूर्व मिडिया कार्यकारी इन्द्राणी मुखर्जीले छोरी जीवितै रहेको दाबी गरेकी छन् ।

पूर्व मिडिया कार्यकारी इन्द्राणीले सीना जीवित रहेको बताउँदै केन्द्रीय अनुसन्धान ब्युरो ‘सीबीआई’ का निर्देशकलाई पत्र लेखेकी हुन् ।

सीबीआईका अधिकारीहरूले यस विषयमा मुख नखोले पनि स्रोतले प्रहरीको फरेन्सिक रिपोर्टले उक्त शव सीनाकै भएको पुष्टि गरेका कारण आमाको पत्रको कुनै अर्थ नरहेको बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार इन्द्राणीलाई जेलभित्र एउटी महिलाले सीनालाई कश्मिरमा जिउँदै देखेको बताएपछि उनले सीबीआईलाई पत्र लेखेकी हुन् ।

टिप्पणीहरू