एकजना भलाद्मी जर्साबको दुःखद् अन्त्य

एकजना भलाद्मी जर्साबको दुःखद् अन्त्य

नेपाली सेनाका बृगेडियर जर्नेल डा.उमेश भट्टराईको हिजो दिउँसो हृदयाघातबाट निधन भएको छ । पहिले १८ बाहिनी,उदयपुरमा कार्यरत रहेका उनी अवकासअघि स्टाफ कलेज,टोखामा पनि थिए ।

६३ वर्षका भट्टराईले सुरक्षासम्बन्धी विषयमा पिएचडी गरेका थिए । नेपाली सेना र मुलुकको सुरक्षाको बारेमा राम्रो विश्लेषण गर्ने उनी खाइलाग्दो ज्यानको भए पनि फूर्तिलो नै रहेको एक जना समकालीन जर्नेलले बताएका छन् ।

उनी भन्छन्, ‘स्पोर्टी देखिन्थे, सुरक्षासम्बन्धी आर्टिकल लेख्दै आएका थिए । खाइलाग्दा र मोटाघाटा भए पनि सक्रिय थिए ।’ नयाँ बानेश्वरका रैथाने जर्नेल भट्टराईलाई मेजर जनरलको कोर्समा जान धेरैतिरबाट रोकिएको थियो ।

उनै समकालीन जर्नेलले भने, ‘मिहेनती भट्टराईलाई जति दौडधुप गरे पनि त्यो अवसर दिन चाहेनन् ।’ दिवङ्ग्त भट्टराई पछिल्लो दिन नेपाली काँग्रेसको स्थानीय राजनीति र १४ औं महाधिवेशनमा सक्रिय देखिन्थे ।

टिप्पणीहरू