इजरायलले लगायो बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध

इजरायलले लगायो बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढेको भन्दै इजरायलले बेलायत र डेनमार्कबाट फर्कने यात्रुहरुमाथि प्रतिबन्ध लगाएको छ ।

साथै मुलुकभित्रका नागरिकलाई ती देशको यात्रामा जान पनि प्रतिबन्ध लगाइएको छ । ओम्रिकोन संक्रमण बढेको भन्दै इजरायलले गत महिनादेखि नै सीमानाका बन्द गर्दै आएको छ । उसले हालै मात्र पूूर्णखोप लगाएका व्यक्तिलाई भने प्रवेश अनुमति दिएको थियो ।

उक्त प्रतिबन्ध आगामी बुधबारदेखि लागु हुने बताइएको छ । विदेशबाट फर्केका इरायलीहरुलाई भने १५ दिनको अनिवार्य क्वारिन्टिनको व्यवस्था गरिएको छ ।

टिप्पणीहरू