कर्णालीका मुख्यमन्त्री पराजित

कर्णालीका मुख्यमन्त्री पराजित

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली काँग्रेसको सहमहामन्त्रीमा पराजित भएका छन् । पिछडिएको क्षेत्र तर्फबाट उम्मेदवार रहेका शाहीलाई बद्री पाण्डेले हराएका हुन् । भर्खरै सम्पन्न परिणामअनुसार मुख्यमन्त्री शाही पराजित भएका हुन् ।

निर्वाचन समितिका अनुसार पाण्डेले २४ सय ११ मत ल्याएर विजयी हुँदा शाहीले २१ सय ३३ मत पाएका छन् । पाण्डे शेखर कोइराला प्यानलका हुन् भने शाही देउवा प्यानलका हुन् ।

यसअघि महामन्त्रीमा पराजित भएपछि संघीय सरकारका रक्षामन्त्री डा. मिनेन्द्र रिजालले उच्च नैतिकता प्रदर्शन गर्दै पदबाट राजीनामा दिएका थिए । शाहीले भने राजीनामा दिनेबारे केही बताएका छैनन् ।

टिप्पणीहरू