आज पनि ३ जनाको निधन, झण्डै ३ सय संक्रमित

आज पनि ३ जनाको निधन, झण्डै ३ सय संक्रमित

कोरोना संक्रमणबाट आज तीन जनाले ज्यान गुमाएका छन् । दुई सय ७४ जना संक्रमित थपिएका छन् । नौ हजार छ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज दुई सय ७० जना संक्रमणमुक्त भएका छन् भने मुलुकभर अझै पाँच हजार पाँच सय २२ जना सक्रिय संक्रमित छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको छ ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ७० पुगेको छ । पछिल्लो आँकडाअनुसार काठमाडौंमा आठ सय ११ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९१ र ललितपुरमा चार सय ९३ जना संक्रमित छन् ।

टिप्पणीहरू