४० हजार शिक्षकको माग सुनुवाइ कहिले हुने ?

४० हजार शिक्षकको माग सुनुवाइ कहिले हुने ?

शिक्षकहरुको सेवा अवधिको निम्ति उमेर हद नतोक्न पटक पटक सम्झौता भए पनि सरकारले नसुनेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समिति आक्रोशित बनेको छ । शिक्षकहरुको उमेद हद नहटाई शिक्षक सेवा आयोगले माध्यमिक तहमा खुलाएको विज्ञापनप्रति समितिले आक्रोश व्यक्त गरेको हो । नेपाल शिक्षक महासंघले गरेको वार्ता निश्कर्षमा नपुग्दै आयोगले खुलातर्फको विज्ञापन खुलाएको उसको आरोप छ ।

समितिले आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न माग गरेको छ । उमेरहद समावेश गरेर प्रकाशित सूचना रद्ध गर्न र नयाँ विज्ञापनि प्रकाशित गर्न माग गरिएको छ । हाल करारमा कार्यरत शिक्षकहरुको लागि समेत उसले परीक्षाको वातावरण निर्माण गर्नसमेत माग गरेको हो ।

टिप्पणीहरू