भारतलाई पहिले गाह्रो, अहिले हम्मेहम्मे

भारतलाई पहिले गाह्रो, अहिले हम्मेहम्मे

विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप खरिद नगरेपछि भारतलाई खोप निर्यात गर्न हम्मेहम्मे परेको छ । भारतमा खोप उत्पादन गर्ने सेरम इन्ष्टिच्युट अफ इण्डियाले बनाउँदै आएको एस्ट्राजेनेका, नोभाभ्याक्स र स्पुत्निक जस्ता कोभिडविरुद्धका खोपहरु अहिले त्यत्तिकै थन्किएका छन् ।

विगतमा झैँ अहिले माग नआएपछि कम्पनीले अहिले क्षमताभन्दा आधा खोप मात्र उत्पादन गर्न थालेको हो । यसबीचमा विभिन्न मुलुकका आधा जनसंख्याभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । सोही कारण इन्ष्टिच्युटमा खोपको माग नआएको बताइएको छ ।

‘हामीसँग अहिले खोप पर्याप्त छ,’ इन्ष्टिच्युटका प्रमुखले भने । तर माग एकाएक घटेको छ । हालको खोप उत्पादनले लगाउन बाँकी रहेका विश्वका ३ दशमलव ६ अर्ब जनसंख्यालाई पुग्छ । उनले थपे, ‘भारत खोप प्रदान गर्न सक्ने अवस्थामा छ तर माग नै आएको छैन । त्यसको अध्ययन गर्न जरुरी देखिएको छ ।’

अहिले विश्वका अन्य क्षेत्रको तुलनामा अफ्रिकी महादेशका अधिकांश मुलुकमा खोप लगाउनेको संख्या न्यून छ । भारतले अघिल्लो वर्ष विश्वमा खोपको हाहाकार हुँदा विभिन्न देशबाट पेश्की स्वरुप करोडौं डलर नगद बुझेर पनि पछि खोप उपलब्ध गराउन नसक्ने भनेको थियो ।

भारतीय सर्वोच्च अदालतको आदेशलाई अघि सार्दै भारत सरकारले पेश्की लिएका मुलुकलाई समेत खोप उपलब्ध गराएको थिएन । नेपालले पनि २० लाख खोपको निम्ति लाखौं डलर पेश्की दिएको थियो । तर, उसले १० लाख खोप उपलब्ध गराएर लामो समयसम्म बाँकी १० लाख डोज खोप उपलब्ध गराउन असमर्थ रहेको जानकारी गराएको थियो । तर अहिले उसैको खोप नबिकेर रनभुल्लमा परेको समाचार बाहिरिएको छ ।

टिप्पणीहरू