क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा प्रचण्डको असहमति

क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा प्रचण्डको असहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाउनुभएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारबाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराइएको प्रचण्डकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालले दिएको जानकारीमा उल्लेख छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासन पालना नगरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्ललाई र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाउँदै सोमपाल कामी र बलर कमलसिंह ऐरीको ६ महिनाको तलब रोक्का गर्ने निर्णय बुधबार गरेको थियो ।

यसैगरी प्रचण्डले भेटमा सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सहमति जुटाउन प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभएको छ ।

साथै नेपाली काँग्रेसको महाधिवेशनबाट पुनः सभापति निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिनुभएको हो ।

टिप्पणीहरू