‘फाइट अफ फ्युरी’ मा मानव बेचबिखनको विरोध, नेपाली भाषामा समेत डब गरिने

‘फाइट अफ फ्युरी’ मा मानव बेचबिखनको विरोध, नेपाली भाषामा समेत डब गरिने

नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बी केसीको हलिउड फिल्म ‘फाइट अफ फरी’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्म केसीकै कथा र निर्देशनमा बनेको हो । उनी फिल्मका प्रमुख अभिनेता समेत हुन् ।

फिल्ममा अभिनेता ब्रुस्लीको फिल्म ‘इन्टर द ड्रागन’ मा काम गरेका कलाकार बब वाल, लियो फोङ, जो माइकल, एम एम ए फाइटरलगायतका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा निर्मित यो फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिनेछ ।

एक्सन जनराको उक्त फिल्मले मानव बेचबिखनविरुद्धको कथालाई उठाएको छ । फिल्मलाई हलिउडका थिएटर तथा ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज गरिनेछ ।

शन्नीले बलिउडका अभिनेताहरु गोबिन्दा, मिथुनका फिल्ममा समेत काम गरिसकेका छन् । उनले केही समय अघि नेपाली फिल्म ‘गोर्खा रक्षक’ मा पनि काम गरेका थिए । उनले ‘जाहवाज’, ‘गैरकानुनी’, ‘प्यार कर के देखो’, ‘हत्या’, ‘दुश्मन’ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।

टिप्पणीहरू