भारतले भूउपग्रह प्रक्षेपण गर्न ४ देशसँग सम्झौता गर्यो

भारतले भूउपग्रह प्रक्षेपण गर्न ४ देशसँग सम्झौता गर्यो

भारतले आगामी दुई वर्षभित्र भूउपग्रह प्रक्षेपणको निम्ति चार वटा देशसँग विभिन्न सम्झौता गरेको छ ।

भारतका आणविक ऊर्जा तथा अन्तरिक्ष राज्यमन्त्री डाक्टर जीतेन्द्र सिंहका अनुसार अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) को तहबाट ती सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार आगामी सन् २०२३ भित्र भूउपग्रह प्रक्षेपण गरिनेछ ।
राज्यमन्त्री सिंहका अनुसार सन् १९९९ देखि शुरु भएको उक्त योजनामा हालसम्म ३ सय ४२ वटा विदेशी भूउपग्रह प्रक्षेपण भइसकेका छन् । त्यो ३४ वटा देशले गरेका व्यावसायिक प्रक्षेपण हुन् ।

टिप्पणीहरू