भारतमा पनि छिट्टै बिहे गर्न नपाइने

भारतमा पनि छिट्टै बिहे गर्न नपाइने

भारतमा विवाह गर्ने उमेरमा महिला र पुरुषबीच कायम विभेदलाई हटाइएको छ । भारतीय क्याबिनेटको अस्ति बुधबार बसेको बैठकले उक्त विभेद हटाउने निर्णय गरेको हो ।

त्यहाँ अबदेखि पुरुषको झैँ महिलाको पनि विवाह गर्ने उमेर २१ वर्ष पुग्नैपर्ने बनाइएको छ । यसअघि महिलाको उमेर १८ वर्ष पुगेपछि विवाह गर्न पाइने कानुनी प्रावधान थियो । पुरुषको हकमा भने २१ वर्ष कायम नै थियो ।

भारत विश्वमै सबैभन्दा धेरै बालविवाह हुने मुलुकमा पर्छ । भारतीय उच्च घरानिया र सम्भ्रान्त वर्गमा विवाह गर्ने उमेर बढ्दै गएको छ । औसतमा त्यस्ता परिवारका महिला र पुरुषले ३० वर्ष कटेपछि बल्ल विवाह गर्ने प्रचलन छ । तर, विपन्न र सीमान्तकृत समूह तथा वर्गमा अहिले पनि बालविवाहले चर्को रुप लिइरहेको छ ।

टिप्पणीहरू