अब सडकमा मान्छे तर्साउने सूचना टाँग्न नपाइने

अब सडकमा मान्छे तर्साउने सूचना टाँग्न नपाइने

भारत सरकारले सडक दुर्घटनाको जोखिम घटाउने उद्देश्यले राखेको भनिएका कतिपय बोर्डहरु राजमार्ग तथा सडकबाट हटाउन निर्देशन दिएको छ । प्रायः दुर्घटना हुने भनेर चिनिएको खण्डमा ‘अति दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएका साइनबोर्ड झुण्ड्याउने कपीपेस्ट चलन नेपालमा पनि छ ।

“प्रायः दुर्घटना हुने भनेर चिनिएको खण्डमा ‘अति दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएका साइनबोर्ड झुण्ड्याउने कपीपेस्ट चलन नेपालमा पनि छ ।”

भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले सबै राज्यका प्रमुख सचिव,इञ्जिनियर, परियोजना निर्देशकलाई जारी गरेको निर्देशनमा तत्काल त्यस्ता बोर्ड हटाउन भनिएको छ ।

सडकमा राखिने त्यस्ता बोर्डका कारण झन् दुर्घटना बढेको जनगुनासो आएकाले मन्त्रालयले अबदेखि अति दुर्घटनाग्रस्त क्षेत्र लेखिएको बोर्ड राख्न नपाइने व्यवस्था गरेको जनाएको छ ।

टिप्पणीहरू