गोलाको पनि के छ र भर ?

गोलाको पनि के छ र भर ?

न्यायालय सुधारको अभियानअन्तर्गत सर्वोच्च अदालतबाट थालिएको गोलाप्रथा तल पनि सरेको छ । अस्ति बसेको सर्वोच्च अदालत फूलकोर्ट बैठकले जिल्ला र उच्च अदालतमा पनि गोलाप्रथामार्फत मुध्दाको पेशी तोक्ने निर्णय गरेको हो ।

फुलकोर्ट बैठकले तल्लो तहका अदालतहरुमा गोला प्रणाली लागू गर्न नियमावली संशोधनका लागि रजिष्ट्रारसहितको टोलीलाई जिम्मा दिएको छ । टोलीले नियमावली संशोधनको आवश्यक तयारी गरेपछि आगामी बैठकबाट पास गरेर माघ २ गतेदेखि लागू गर्ने तयारी छ ।

यसअघि मुध्दाको पेशी तोक्ने सम्पूर्ण अधिकार प्रधानन्यायाधीशलाई थियो । तर,प्रधान न्यायाधीशलाई पेशी तोक्ने अधिकार दिँदा ‘चलखेल’ हुने गरेको भन्दै न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको अध्ययन समितिले स्वचालित विधिमा जान सुझाव दियो । सोहीअनुसार सर्वोच्चबाट थालिएको अस्थायी गोला प्रणाली जिल्ला र उच्च अदालतमा पनि लागू गर्न लागिएको हो ।

‘एकै ठाउँमा बसेको होइन, कोठा-कोठामा बसिएको हो । त्यसैले प्रधानन्यायाधीशको उपस्थिति थिएन । तर, अध्यक्षता उहाँकै हो । निर्णयमा उहाँकै हस्ताक्षर हुन्छ । उहाँको हस्ताक्षरपछि मात्रै निर्णय लागू हुने हो’,

गोला प्रणाली लागू हुने भएसँगै यसअघि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित न्यायाधीशहरु पनि बेन्चमा फर्कन तयार भएका छन् । अस्तिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा भने उपस्थित हुनुहुन्थेन । भर्चुअल माध्यमद्वारा बसेको बैठकमा ‘बिद्रोही’ र प्रधानन्यायाधीश पक्षधर भनेर चिनिएका दुबैतिरका न्यायाधीशहरु सहभागी थिए ।

प्रधानन्यायाधीश राणा अनुपस्थित भए पनि उहाँकै अध्यक्षतामा बैठक बसेको मानिएको एक न्यायाधीशले बताउनुभयो । ‘एकै ठाउँमा बसेको होइन, कोठा-कोठामा बसिएको हो । त्यसैले प्रधानन्यायाधीशको उपस्थिति थिएन । तर, अध्यक्षता उहाँकै हो । निर्णयमा उहाँकै हस्ताक्षर हुन्छ । उहाँको हस्ताक्षरपछि मात्रै निर्णय लागू हुने हो’, उहाँले भन्नुभयो ।

गोला प्रणाली लागू गर्ने विषयमा कुनै न्यायाधीशको विमति नरहेको पनि उहाँले बताउनुभयो । उक्त बैठकमा न्यायाधीश ईश्वर खतिवडाले गोला प्रक्रियामा जाने निर्णयप्रति असन्तुष्टि जनाएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएका थिए । तर,ती न्यायाधीशका अनुसार बैठकमा बिस्तृत छलफल भएकै थिएन ।

‘हिजो खास छलफल भएकै होइन । सबैजना एकै ठाउँमा बसेको पनि होइन’, उहाँले भन्नुभयो, ‘आ-आफ्नो कोठामा बसेको हो । सामान्य छलफल भयो । अब अरु कुनै ठाउँमा छुट्टै छलफल भएको हो भने थाहा हुने कुरा भएन ।’

तर, न्यायाधीश खतिवडाले गोला प्रणालीले थप जटिलता ल्याउने र न्यायालय सुधारको अभियान पूरा नहुने अडान राखेर बैठकमा फरक मत राख्नुभएको चर्चा गरिएको छ । कानुनी क्षेत्रका केही विज्ञहरुले पनि गोला प्रक्रियाबाट पेशी तोकिँदा विज्ञ न्यायाधीशलाई मुध्दा नपर्ने, जुनियर-जुनियर र सिनियर-सिनियर न्यायाधीशको संयुक्त बेञ्च गठन हुने, हेर्न नमिल्ने मुध्दा पनि गोलामा पर्ने जस्ता प्राविधिक चुनौती औल्याएका थिए ।

तर, त्यसको पनि क्राइटेरिया निर्धारण गरिएकाले त्यस्तो समस्या नहुने ती न्यायाधीशको भनाइ छ । भन्नुहुन्छ, ‘फूलबेञ्चमा जुनियर-जुनियर पर्न सक्छ । अरुमा १ देखि १० नम्बर तोकिएको हुन्छ । डबल बेन्चमा त्यहि जोडिने हो । सिंगल जसलाई पनि पर्न सक्छ ।’

गोलामा तान्दा जुन समूह छुट्छ त्यहि मुद्दा स्थगित हुने भएकाले त्यहाँ कुनै स्वार्थ हावी नहुने पनि उहाँको भनाइ छ । ‘एक हप्तामा १० वटा बेञ्च हुन्छ भनेर अनुमान लगाइएको हुन्छ । त्यसैका आधारमा इजलास गठन हुने हो । चिट्ठा तान्दै जाँदा जुन चै छुट्छ त्यहि स्थगित हुने हो । यो धेरै समस्याको कुरा हो जस्तो लाग्दैन’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू