मंगलबार करणी गरेका युवक बुधबार पक्राउ

मंगलबार करणी गरेका युवक बुधबार पक्राउ

पर्वतमा मंगलबार एक किशोरीलाई जबरजस्ती करणी गरेका एक युवकलाई प्रहरीले बुधबार पक्रेको छ । मोदी गाउँपालिका ८ बस्ने २२ वर्षको जितेन्द्र नेपाली १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

आफूलाई नेपालीले बलात्कार गरेको निवेदनसहित किशोरी प्रहरी कार्यालय पुगेपछि उनलाई पक्रेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

किशोरीको उजुरीपछि तत्काल प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको हो । उनी विरुद्ध जबरजस्ती करणी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको बताइएको छ ।

टिप्पणीहरू