राष्ट्र बैंकमा फिलिपिनो आमाकी छोरालाई यो भुक्तमान

राष्ट्र बैंकमा फिलिपिनो आमाकी छोरालाई यो भुक्तमान

नेपाल राष्ट्र बैंकले आजदेखि प्रवक्ता परिवर्तन गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई दिइएको जिम्मेवारी डा. गुणाकर भट्टमा सरेको छ । भट्ट बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

गभर्नर महाप्रसाद अधिकारीले यसअघि उनै भट्टलाई प्रवक्ताबाट हटाएर ढकाललाई त्यो जिम्मा दिएका थिए । त्यतिबेला भट्ट बैंकको आर्थिक अनुसन्धान विभागमा थिए ।

ढकाललाई प्रवक्ताबाट हटाएर भट्टलाई बनाइनुमा धेरैथरि आशंका गरिएको छ । एकथरिले सुदूरपश्चिमका काँग्रेस निकट भट्टलाई उक्त जिम्मेवारी दिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई खुशी बनाउन खोजेको अर्थ्याएका छन् । अर्काथरिले एमाले भनेर चिनिएका ढकाललाई त्योभन्दा महत्वपूर्ण व्यवस्थापन समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको बताएका छन् ।

बैंकको सञ्चालक समितिमा पेश गरिने एजेण्डा र अन्य महत्वपूर्ण विषयमा छलफलको निम्ति बैंक ऐनले व्यवस्थापन समितिको व्यवस्था गरेको छ । गभर्नरको अध्यक्षता र दुबै जना डेपुटी गभर्नर सदस्य रहने उक्त समितिको सदस्यसचिवमा वरिष्ठ कार्यकारी निर्देशक रहने व्यवस्था छ ।

त्यसैले उनले छोराको नाम नै नेपाल र फिलिपिन्सको पहिलो अक्षर मिलाएर नेफिल राखिदिएको बताइन्छ । थर पनि आमा र पिता दुबैको मताङ्गी मास्के राखेका छन् ।

बैंकमा विद्यमान १८ जना कार्यकारी निर्देशकमध्ये डा. नेफिल मताङ्गी मास्के वरिष्ठ हुन् । ढकाल दोस्रो नम्बरमा छन् । तर, मास्केलाई नेपाली भाषा राम्रोसँग लेख्न र बोल्नसमेत नआउने भन्दै वरिष्ठतामा उनीपछिका ढकाललाई राखिएको उच्च स्रोतले बताएको छ । यसअघि उक्त जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक भुवन कँडेल अवकासको क्रममा अनिवार्य बिदामा बसेकाले यसबीच भएका व्यवस्थापन समितिको तीन वटा बैठकमा ढकालले सदस्य सचिवको भूमिका निर्वाह गरिसकेका छन् ।

मास्के फिलिपिन्समा जन्मेका नेपाली नागरिक हुन् । उनका पिता गोदावरीलाल मास्के हु्न् भने कान्छी आमा फिलिपिनो हुन् । पिता गोदावरीलाल त्यतिबेला एसियाली विकास बैंकको स्थापनाकालका कर्मचारी हुन् । त्यसैले उनले छोराको नाम नै नेपाल र फिलिपिन्सको पहिलो अक्षर मिलाएर नेफिल राखिदिएको बताइन्छ । थर पनि आमा र पिता दुबैको मताङ्गी मास्के राखेका छन् ।

उनी दुई दशकभन्दा अघि पिएचडी उपाधी हासिल गरेका अर्थशास्त्रीको रुपमा बैंक सेवामा सोझै प्रवेश गरेका हुन् । त्यतिबेला उनले सामान्य नेपालीसमेत बोल्न र लेख्न जान्दैनथे । २१ वर्षमा प्रौढ शिक्षा पढेकी बृध्दले झैँ नबुझिने गरी नेपालीमा दस्तखत गर्ने बाहेक अरु केही प्रगति गर्न नसकेपछि उनलाई अघिल्ला गभर्नर चिरञ्जीवी नेपालले आफ्नै कार्यालयमा राखेर मान दिएका थिए ।

अहिले पनि उनी गभर्नरको कार्यालयमा नै कार्यकारी निर्देशक छन् । तर, महत्वपूर्ण फाइल उनीभन्दा कनिष्ठ निर्देशक र उपनिर्देशकले हेर्छन् । उनी कार्यालयको रेखदेखमा सीमित भएको बताइन्छ । यसअघि गभर्नर नेपालको पालामा पनि मास्केलाई त्यसैगरी राखिएको थियो ।

टिप्पणीहरू