सहमहामन्त्रीको ट्यांकी घोप्टियो

सहमहामन्त्रीको ट्यांकी घोप्टियो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । महामन्त्री पदको अन्तिम परिणाम आएलगत्तै अहिले तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ ।

निर्वाचन समितिका अनुसार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केही बेरअघिदेखि गणना थालिएको हो । प्रारम्भिक मतपरिणाम अहिलेसम्म सार्वजनिक भएको छैन ।

८ जना सहमहामन्त्री निर्वाचित हुनेमा दुई चरणमा मतगणना गर्न लागिएको छ । जसमध्ये पहिलो चरणमा महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको हो ।

यसअघि कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार थापाले ३०२३ मत पाएका छन् भने शर्माले १९८४ मत ल्याएका छन् ।

पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्यका लागि सोमबार मतदान भएको थियो । भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा भएको मतदानको मतपेटिका (पानी ट्यांकी) सोही दिन राती पार्टी कार्यालय सानेपामा लगेर राखिएको थियो । अहिले त्यहिँ मतगणना जारी छ ।

टिप्पणीहरू