एउटै नदीमा एक वर्षमा सात पटक बेलीब्रिज जडान

एउटै नदीमा एक वर्षमा सात पटक बेलीब्रिज जडान

सुनकोशीको फोक्सिनटारमा रेग्मी निर्माण सेवा गाईघाटले एकै वर्ष सातौं पटक बेलिब्रिज जडान गरेको छ । कम्पनीले उदयपुर र खोटाङ सदरमुकाम जोड्ने गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोसीको फोक्सिनटारमा पछिल्लो पटक आज अर्को बेलीब्रिज जडान गरेको हो ।

गाईघाट–दिक्तेल सडक योजनाबाट करिब ७८ लाख रुपैयाँमा रेग्मी निर्माण सेवा गाईघाटले बेलीब्रिज जडान गर्ने जिम्मा लिएको थियो । सुनकोशी नदीमा पानीको बहाव घटेसँगै हिउँदभर सञ्चालन गर्ने र वर्षायाममा झिक्ने गरी फोक्सिङ्टारमा ५० मिटर लम्बाईको अस्थायी बेलीब्रिज जडान भएको हो ।

खोटाङलाई तराईसँग सोझो रुपमा जोड्न सात वर्षदेखि फोक्सिनटारमा बेलीब्रिज जडान हुँदै आएको छ । गाईघाटबाट १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेलीब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट गाईघाट हुँदै धरान, बिराटनगरलगायतका शहर जाने सिधा र छोटो बाटो खुलेको हो ।

फोक्सिङ्टारमा बेलीब्रिज नहुँदा खोटाङबाट घुर्मी–कटारी हुँदै तराई झर्नु पर्ने बाध्यता थियो । समयमा पक्की पुल निर्माण हुन सक्दा फोक्सिङ्टारमा बेलीब्रिज राख्ने र हटाउने काममा मात्रै नेपाल सरकारले अहिलेसम्म पाँच करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण सुरु गरिएको गाईघाट–दिक्तेल सडक योजनाले अहिले उक्त सडकखण्ड निर्माण गरि सकेको छ । सडक निर्माण भएको २७ वर्ष पुगे पनि पुल नबन्दा गाईघाट दिक्तेल धुलाम्य सडकमा सोझो यातायात सञ्चालन हुने सकेको छैन ।

समयमा पक्की पुल निर्माण हुन नसक्दा सुनकोशीमा पानीको बहाव घटेपछि लगाइने र बर्खायाम सुरू भएपछि झिक्ने बेलिब्रिजले हिउँदमा मात्र सोझो यातायात सञ्चालन हुने गरेको छ ।

टिप्पणीहरू