ट्रकको ठक्करबाट महिलाको मृत्यु

ट्रकको ठक्करबाट महिलाको मृत्यु

झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । ना ६ ख ५७१३ नम्बरको ट्रकको ठक्करबाट कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेढाईंको मृत्यु भएको हो ।

गएको मध्यरातमा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको निम्ति बिर्तामोडस्थित अस्पताल पुर्याइएलगत्तै मृत्यु भएको हो ।

ट्रक र सर्लाहीको बागमती नगरपालिका–४ का चालका २९ वर्षीय उत्तम वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू