कोरोना संक्रमितको संख्या घट्यो, २ को मृत्यु

कोरोना संक्रमितको संख्या घट्यो, २ को मृत्यु

कोरोना संक्रमणबाट आज दुई जनाले ज्यान गुमाएका छन् । एक सय ८४ जना संक्रमित थपिएका छन् । ११ हजार १८ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज दुई सय ६७ जना संक्रमणमुक्त भएका छन् भने मुलुकभर अझै पाँच हजार पाँच सय २६ जना सक्रिय संक्रमित छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको छ ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६७ पुगेको छ । अहिले काठमाडौंमा सात सय ७९ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८१ र ललितपुरमा पाँच सय ८७ जना संक्रमित छन् ।

टिप्पणीहरू