अन्ततः रक्षामन्त्रीले राजीनामा दिनैपर्ने भयो

अन्ततः रक्षामन्त्रीले राजीनामा दिनैपर्ने भयो

नेपाली काँग्रेसको महामन्त्रीमा युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा जारी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका थापा र शर्मा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् ।

शुरुआतदेखि नै फराकिलो अग्रता बनाएका थापाले सर्वाधिक मत ल्याएका छन् । कूल ४ हजार ६८२ मत खसेकोमा उनले ३ हजार २३ मत प्राप्त गरे । त्यस्तै, शर्माले २ हजार २ सय ४६ मत ल्याएर विजयी भएका छन् ।

महामन्त्रीका अन्य उम्मेदवारहरुमा डा. प्रकाशशरण महतले १ हजार ५ सय ५०,प्रदीप पौडेलले १ हजार ४ सय ९, डा.मीनेन्द्र रिजालले ८ सय ९ र डा.राजाराम कार्कीले १ सय ७ मत प्राप्त गरेका छन् ।

महामन्त्रीमा विजयी थापा शेखर कोइराला प्यानलबाट लडेका हुन् भने शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेका थिए । महामन्त्रीमा पराजित डा. महत देउवा प्यानलबाट र डा. रिजाल कोइराला प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।

मतगणनाको प्रारम्भिक नतिजा आएलगत्तै मन्त्री रिजालले अन्तिम परिणाममा आफू पराजित भए राजीनामा दिने बताएका थिए । अहिले ४ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिने तयारी हुँदैछ ।

टिप्पणीहरू